शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने कांग्रेसको निर्णय

शुक्रबार, १७ चैत २०७९, १६ : ०१
शुक्रबार, १७ चैत २०७९

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ । केन्द्रमा कांग्रेससहितको गठबन्धन सरकार बनेसँगै प्रदेशमा पनि सोही अनुसार अघि बढ्ने निर्णयसहित कांग्रेसले विश्वासको मत दिने भएको हो । 

संसद् बैठक सुरु हुनु अघि बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको थियो । 

२७ पुसमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शर्माले ६ माघमा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यो बेला कांग्रेसले भने विश्वासको मत दिएको थिए । विकसित राजनीतिक घटनाक्रम अनुसार अब कांग्रेस प्रदेश सरकारमा सहभागिता जनाउने निश्चित जस्तै छ भने एमाले सरकारबाट बाहिरिने देखिन्छ । 

एमालेले प्रदेशमा ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप