मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने कांग्रेसको निर्णय
शुक्रबार, १७ चैत २०७९, १६ : ०१
सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ । केन्द्रमा कांग्रेससहितको गठबन्धन सरकार बनेसँगै प्रदेशमा पनि सोही अनुसार अघि बढ्ने निर्णयसहित कांग्रेसले विश्वासको मत दिने भएको हो ।
संसद् बैठक सुरु हुनु अघि बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको थियो ।
२७ पुसमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शर्माले ६ माघमा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यो बेला कांग्रेसले भने विश्वासको मत दिएको थिए । विकसित राजनीतिक घटनाक्रम अनुसार अब कांग्रेस प्रदेश सरकारमा सहभागिता जनाउने निश्चित जस्तै छ भने एमाले सरकारबाट बाहिरिने देखिन्छ ।
एमालेले प्रदेशमा ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण