सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु

खार्तूम । सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा (भत्किँदा) कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सुडानको सरकारी समाचार संस्था सुनाले भनेको छ, “वादी हल्फा क्षेत्रमा रहेको जबल अल–अहमर खानीमा पहिरो जाँदा दर्जनौं श्रमिक फसेका छन् ।”
रिपोर्ट अनुसार खानीमा पहिरोमा पुरिएको सबै श्रमिकको मृत शरीर जमिनको बाहिरी सतहमा ल्याइएको छ । मृतकमध्ये अधिकांश किशोर रहेका छन् भने उद्धारकर्मीले तीन जनालाई घाइते अवस्थामा जीवितै उद्धार गरेका छन् ।
बेपत्ताको खोजी कार्य जारी रहे पनि स्थानीय सुरक्षा स्रोतले उद्धार कार्यमा कठिनाइ भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने सङ्केत गरेको छ ।
सुडानमा खानीको कमजोर सुरक्षा अवस्था र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनको कारण खानी दुर्घटनाहरू हुने गरेका र यसलाई सामान्यरूपमा लिने गरिएको छ ।
सुडानको खनिज मन्त्रालयका अनुसार २० लाखभन्दा बढी सुडानीहरू खानी क्षेत्रमा काम गरिरहेका छन् । ती खानीले देशको लगभग ८० प्रतिशत सुन उत्पादन गर्दछन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा वैशाख ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर
-
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने
-
रुपन्देहीमा राप्रपा जिल्ला अध्यक्षद्वारा पार्टीबाट राजीनामा
-
दक्षिण कोरियामा एनओसी खोल्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र
-
डोटीमा सेती नदीमा बगेर १० वर्षीय बालक बेपत्ता
-
काठमाडौँ महानगर कार्यालयमा फोहर पानी प्रशोधन प्रणाली जडान