पञ्जाबको विजयी सुरुवात, कोलकाता डीएलएस विधिद्वारा सात रनले पराजित
मोहाली । आइपिएल–१६ मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । वर्षाले रोकिएको खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धति अनुसार ७ रनले पराजित गरेको हो ।
मोहालीको मैदानमा कोलकाताले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएपछि वर्षाले खेल रोकिनुपरेको थियो । वेस्ट इन्डिजका ब्याट्सम्यान आन्द्रे रसेलले विस्फोटक पारी खेले । उनले १९ बलमा ३५ रन बनाए । रसेलको इनिङ्समा ३ चौका र २ छक्का सामेल थिए ।
फास्ट बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गरे । उनले आफ्नो पहिलो ओभरमा मनदीप सिंह (२ रन) र अनुकुल रोय (४ रन) लाई आउट गरे। त्यसपछि अर्धशतकतर्फ लागेका भेङ्कटेश अय्यर (३४ रन)लाई प्याभिलियन फर्काए ।
मोहाली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । श्रीलंकाका ब्याट्सम्यान भानुका राजपाक्षेले ३२ बलमा ५० रन बनाए भने कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाए । यी दुईबीच ५५ बलमा ८६ रनको साझेदारी थियो । यसअघि ओपनर प्रभसिमरन सिंहले २३ रन बनाएर टिमलाई राम्रो सुरुवात गराए । टिम साउथीले दुई विकेट लिए भने उमेश यादव, सुनिल नरेल र वरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण