शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्जाबको विजयी सुरुवात, कोलकाता डीएलएस विधिद्वारा सात रनले पराजित

शनिबार, १८ चैत २०७९, २० : २०
शनिबार, १८ चैत २०७९

मोहाली । आइपिएल–१६ मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । वर्षाले रोकिएको खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धति अनुसार ७ रनले पराजित गरेको हो ।

मोहालीको मैदानमा कोलकाताले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएपछि वर्षाले खेल रोकिनुपरेको थियो । वेस्ट इन्डिजका ब्याट्सम्यान आन्द्रे रसेलले विस्फोटक पारी खेले । उनले १९ बलमा ३५ रन बनाए । रसेलको इनिङ्समा ३ चौका र २ छक्का सामेल थिए ।

फास्ट बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गरे । उनले आफ्नो पहिलो ओभरमा मनदीप सिंह (२ रन) र अनुकुल रोय (४ रन) लाई आउट गरे। त्यसपछि अर्धशतकतर्फ लागेका भेङ्कटेश अय्यर (३४ रन)लाई प्याभिलियन फर्काए ।

मोहाली मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । श्रीलंकाका ब्याट्सम्यान भानुका राजपाक्षेले ३२ बलमा ५० रन बनाए भने कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाए । यी दुईबीच ५५ बलमा ८६ रनको साझेदारी थियो । यसअघि ओपनर प्रभसिमरन सिंहले २३ रन बनाएर टिमलाई राम्रो सुरुवात गराए । टिम साउथीले दुई विकेट लिए भने उमेश यादव, सुनिल नरेल र वरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप