दलहरुको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय भयो : अध्यक्ष केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले सत्ताका लागि मरिहत्ते गर्ने प्रवृत्तिका कारण नयाँ शक्तिको उदय भएको बताए ।
उनले राजनीतिमा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको समेत बताए । बागलुङको जैमिनी नगरपालिकाले आज आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटनमा नेता केसीले नयाँ शक्ति उदय हुनुको कारण दलप्रतिको वितृष्णा भएको बताए ।
‘अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ, सरकारले विषादीयुक्त तरकारी आयातमा रोक लगाउनुपर्छ, अहिले सरकारले त्यो गर्न सकेको छैन”, नेता केसीले भने, ‘मान्छेले घर छाडेपछि बाँदर भित्रियो, अहिले बसाइँसराइले गाउँ खाली भएको छ, स्रोत र साधन परिचालनमा विज्ञ सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
विज्ञहरुको सुझावका आधारमा कृषि, उद्योग र पर्यटनमा जोड दिन सके समृद्ध जैमिनी बन्नेमा शङ्का नरहेको बताउँदै नेता केसीले स्थानीय उत्पादन बजारीकरणको जिम्मा लिन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण