अर्थमन्त्री डा. महतसँग एफएनसीसीआई प्रतिनिधिको भेट, अर्थतन्त्रको संकट टार्न दियो यस्तो सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ । शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका डा. महतसँग भेटेर महासंघका अध्यक्ष शेखर गोल्छाले देशको वर्तमान आर्थिक स्थितिबारे जानकारी दिए ।
भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उनको थियो । सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन पनि उहाँले सो अवसरमा जोड दिए ।
सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उहाँको आग्रह थियो । ‘अहिले सरकारसँग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ’ गोल्छाले भने ।
अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए ।
‘तपाईँहरूको मनोबल घट्न दिन्न तपाईँहरूसँग निरन्तर संवादमा रहन्छु’ अर्थमन्त्री महतले भने, ‘मैले अर्थतन्त्रलाई सुधार गर्न गरेको प्रतिबद्धता पुरा गर्न तपाईँहरूबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण