सीकेलाई उपेन्द्रको जवाफ : चोर बाटो होइन मूलबाटोबाटै आएको हुँ
बारा । बारा २ मा गठबन्धनका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर– २ मा उम्मेदवारी दिने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफू मूलबाटोबाटै निर्वाचन लड्न लागेको बताएका छन् । उम्मेदवारी दर्ताका लागि आइतबार बारा पुगेका अध्यक्ष यादवले वातावरण अत्यन्त उत्साह वर्द्धक र राम्रो रहेकाले आफूले जित्ने निश्चित रहेको बताए ।
‘गठबन्धनमा आबद्ध नेता कार्यकर्ता सबै आ–आफ्नो तयारीमा लागिसक्नुभएको छ । हाम्रो पार्टी पनि उपनिर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ’, उनले भने, ‘चुनावको तयारीमा लागिसकियो, जनताका बीचमा पुग्न थालिसकियो । गठबन्धनमा रहेका र बाहिर भएकाहरूको पनि हामीलाई मत आउँछ भन्नेमा म विश्वस्त छु ।’
अध्यक्ष यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतले चोर बाटोबाट आएको भनेर लगाएको आरोपको यादवले प्रतिवाद गरे । ‘म चोर बाटो होइन, नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन । झन्डा उठाएर अघि बढेका छौ । हामी मूलबाटोबाटै आइरहेका छौ’, अध्यक्ष यादवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण