शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सीकेलाई उपेन्द्रको जवाफ : चोर बाटो होइन मूलबाटोबाटै आएको हुँ

आइतबार, १९ चैत २०७९, १५ : ४७
आइतबार, १९ चैत २०७९

बारा । बारा २ मा गठबन्धनका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर– २ मा उम्मेदवारी दिने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफू मूलबाटोबाटै निर्वाचन लड्न लागेको बताएका छन् ।  उम्मेदवारी दर्ताका लागि आइतबार बारा पुगेका अध्यक्ष यादवले वातावरण अत्यन्त उत्साह वर्द्धक र राम्रो रहेकाले आफूले जित्ने निश्चित रहेको बताए । 

‘गठबन्धनमा आबद्ध नेता कार्यकर्ता सबै आ–आफ्नो तयारीमा लागिसक्नुभएको छ । हाम्रो पार्टी पनि उपनिर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ’, उनले भने, ‘चुनावको तयारीमा लागिसकियो, जनताका बीचमा पुग्न थालिसकियो । गठबन्धनमा रहेका र बाहिर भएकाहरूको पनि हामीलाई मत आउँछ भन्नेमा म विश्वस्त छु ।’

अध्यक्ष यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतले चोर बाटोबाट आएको भनेर लगाएको आरोपको यादवले प्रतिवाद गरे । ‘म चोर बाटो होइन, नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन । झन्डा उठाएर अघि बढेका छौ । हामी मूलबाटोबाटै आइरहेका छौ’, अध्यक्ष यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप