प्रचण्डपथको काम जाति-जातिका बीचमा भिडन्त बढाउने हो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अघि बढाउन एमाले सबल राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले जनतालाई सचेत बनाउँदै एमालेको सम्पूर्ण शक्ति सबल राष्ट्रिय शक्ति बनाउन केन्द्रित भइरहेको बताए ।
‘देशलाई अस्थिरता, अन्यौल र दिशाहिनताबाट जोगाएर सही बाटोमा लैजान अबको समय खेर जान नदिएर हामी एउटा सबल राष्ट्रिय शक्तिका रुपमा अघि बढ्नुपर्छ’अध्यक्ष ओलीको भनाइ छ ।
उनले एमालेको सम्पूर्ण शक्ति सुदृढ र सबल राष्ट्रिय शक्ति निर्माणमा खर्चिनुपर्ने बताए ।
उनले एमालेले चलाएको मिसन ग्रासरुट अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता र कार्यकर्तामा सही विचार पुर्याउन जरुरी भएको बताए । ओलीले अन्तर्घाती चरित्र एमाले चरित्र हुन नसक्ने भन्दै प्रचण्डपथको काम जातिजातिमा भिडाउने भएको तर एमालेले सबै जातिलाई एकताबद्ध बनाउने काम गरिरहेको बताए ।
‘यो प्रचण्डपथको काम जाति जातिका बीचमा भिडन्त बढाउने हामी जातिजातिलाई उत्थान गराउने र एकताबद्ध गराउने, राष्ट्रिय शक्ति निर्माण गर्ने, हाम्रा संगठनको उद्देश्य झैझगडा होइन, समस्या समाधान गराउने हो’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण