संसद बैठक
सभामुखको अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता
आइतबार, १९ चैत २०७९, १७ : २५
काठमाडौँ । सांसदहरुले सभामुखको अधिकार कटौतीसम्बन्धी राखेको प्रस्ताव प्रतिनिधिसभा बैठकमा फिर्ता लिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सो नियमावलीको मस्यौदा पारित गर्नका लागि भइरहेको छलफलका क्रममा संशोधन प्रस्तावक सांसदहरु रामहरि खतिवडा, रेखा यादव लगायतका सांसदहरुले संशोधन फिर्ता लिएका हुन् । सभामुखले सांसदहरुले राखेका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरुलाई फिर्ता लिने समय दिएका थिए ।
प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदामाथि सत्तारुढ दलका सांसदहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुखले काम गर्नेबारे व्यवस्था गर्ने सम्बन्धी संशोधन दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण