माओवादी तनहुँले भन्यो : हाम्रै पार्टीको उम्मेदवार चाहिन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्र तनहुँबाट प्रतिनिधित्व गर्ने नेताहरूले आफ्नै पार्टीको उम्मेदवार चाहिने भन्दै शीर्ष नेतृत्वलाई दबाब दिएका छन् । आइतबार उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर तनहुँ १ बाट पार्टीकै आधिकारिक उम्मेदवार उठाउनुपर्ने दबाब दिएका हुन् ।
नेपाली कांग्रेसबाट गोविन्दराज भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दिने तयारी गरेका छन् । माओवादीले पनि आफ्नै उम्मेदवार उठाएर जानुपर्ने भन्दै शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दबाब दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । गठबन्धनको नाममा अरूलाई सघाउँदा पार्टी कमजोर हुने तनहुँ माओवादीका नेताहरूले बताउँदै आएका छन् ।
तनहुँबाट प्रतिनिधित्व गर्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्य आशा कोइराला, ओमकुमारी पौडेल, गण्डकी प्रदेशका भौतिक मन्त्री हरिबहादुर चुमान, जिल्ला संयोजक मदन आले लगायत २० जनाले प्रधानमन्त्रीलाई आफ्नै उम्मेदवार उठाउन दबाब दिएका हुन् । लगत्तै कोषाध्यक्ष ढकालले आफू चुनाव नलड्ने पार्टीले भने कुनै न कुनै उम्मेदवार उठाउनुपर्ने माग गरेका थिए ।
‘तनहुँमा माओवादी तेस्रो भए पनि राम्रो मत छ । यत्तिकै अरूलाई छोड्न हुँदैन । पार्टीले कुनै न कुनै नेतालाई उठाउनुपर्छ भन्ने सुझाव दिनुभएको छ’ प्रधानमन्त्री सचिवालयका ती सदस्यले भने, ‘यदि उम्मेदवार नउठाएमा मतको सुरक्षा हुँदैन । सङ्गठन झन् बिग्रन्छ । जसरी पनि पार्टीले उम्मेदवार उठाउनुपर्छ भन्ने छ ।’ पार्टी सङ्गठन बलियो बनाउन पनि उम्मेदवार उठाउनुपर्ने नेताहरूले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण