दलितले छोएको भन्दै व्रतबन्धनको भोज घोप्ट्याउने जनप्रतिनिधिसहित ४ पक्राउ
पोखरा । व्रतबन्धमा दलित भन्दै जातीय विभेद गरेको आरोपमा भतेर घोप्ट्याउने कास्कीका जनप्रतिनिधिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले बताए ।
चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएका थिए । लामिछाने फरार रहेकोमा आइतबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
लामिछाने र सिता लामिछानेलाई आइतबार नियन्त्रणमा लिएपनि चैत १२ गते नै सन्तोष परियार र सुजन लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।
दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने र दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेको भन्दै प्रहरीमा जाहेरी दिएको इन्स्पेक्टर खड्काले बताए । उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव ९कसुर र सजाय० ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण