बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

दलितले छोएको भन्दै व्रतबन्धनको भोज घोप्ट्याउने जनप्रतिनिधिसहित ४ पक्राउ

आइतबार, १९ चैत २०७९, १८ : ३७
आइतबार, १९ चैत २०७९

पोखरा । व्रतबन्धमा दलित भन्दै जातीय विभेद गरेको आरोपमा भतेर घोप्ट्याउने कास्कीका जनप्रतिनिधिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले बताए । 

चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएका थिए । लामिछाने फरार रहेकोमा आइतबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । 

लामिछाने र सिता लामिछानेलाई आइतबार नियन्त्रणमा लिएपनि चैत १२ गते नै सन्तोष परियार र सुजन लामिछानेलाई प्रहरीले  पक्राउ गरेको थियो । 

दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने र  दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेको भन्दै प्रहरीमा जाहेरी दिएको इन्स्पेक्टर खड्काले बताए । उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ । 

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव ९कसुर र सजाय० ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप