मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी सहिद लोकमार्गको निर्माण कार्य सुरु हुँदै

आइतबार, १९ चैत २०७९, २० : ३९
आइतबार, १९ चैत २०७९

जनकपुरधाम । मधेस प्रदेश सरकारको बजेट भाषणमै सीमित रहेको मधेसी सहिद लोकमार्गको निर्माण कार्य सुरु हुने भएको छ । आइतबार मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्रकार सम्मेलन गर्दै मधेसी सहिद लोकमार्गको निर्माण कार्य यसै वर्षबाट सुरु गर्ने बताएको हो । राजमार्ग निर्माणको डिपिआरको कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । 

मधेस प्रदेश सरकारले आव २०७७।०७८ को बजेटमा यो लोकमार्ग निर्माण गर्न बजेट विनियोजन गरेपनि हालसम्म निर्माण कार्यको प्रक्रिया अगाडि बढाइएको थिएन । यो राजमार्गले मधेस प्रदेशका आठ जिल्ला छुने मधेस प्रदेशका   भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बताए । उनले पहिचानसहितको राजमार्ग निर्माण कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । 

निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाउन चार प्याकेटजमा काम हुने मन्त्री यादवले बताए । धनुषा–महोत्तरी, सिरहा–सप्तरी, बारा–पर्सा, सर्लाही–रौतहटगरी चारवटा प्याकेजमा तयार भइरहेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को रिपोर्ट आउँदो जेष्ठम सान्तसम्म तयार हुने उनले बताए ।  उक्त रिपोर्टको आधारमा यसै वर्ष ठेक्का सम्झौता गरी राजमार्ग निर्माणको कार्य सुरु गरिने मन्त्री यादवले बताए ।

पूर्व पश्चिम राजमार्ग र हुलकी राजमार्गको बीचमा करिब ३० किलो मिटरको दुरीमा बन्ने लोकमार्ग डबल लेनको हुनेछ । आठ जिल्लालाई छुने यो मार्ग सप्तरीदेखि पर्सासम्म करिब तीन सय दश किलो मिटरको बन्ने छ ।

जसमध्ये सप्तरीमा ६४ किलो मिटर, सिरहामा ४६, धनुषामा ३०, महोत्तरीमा २३, सर्लाहीमा ५१, रौतहटमा २०, बारामा ३६ र पर्सामा ४० किलो मिटरको रहने मन्त्रालयका इन्जिनियर ज्योति साहले बताइन् ।  

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप