सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा अवरुद्ध हुने
रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो ।
निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट खस्ने भएकाले सडक सञ्चालन गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने भएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा अर्को सूचना जारी नभएसम्म बन्द रहने सडकमा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नहुने गरी कार्य गर्न सम्बन्धित योजना कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण