आईपीएलमा राजस्थानको शानदार सुरुवात
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्सले शानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा गत सिजनको उपविजेता राजस्थान ७२ रनले विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले तीन खेलाडीको अर्धशतकको मद्दतले ५ विकेटको क्षतिमा २०३ रन बनायो । कप्तान सञ्जु स्याम्सनले ५५ तथा जस बट्लर र यसस्वी जैसवालले ५४–५४ रन बनाए । हैदराबादका लागि फजहल हक फारुकी र टी नटराजनले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको हैदराबादको सुरुवात निकै खराब रह्यो । बिना कुनै रन बनाउँदा टोलीले दुई विकेट गुमाएको थियो । अन्ततः टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि अब्दुल सामदले ३२ तथा मंयक अग्रवालले २७ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण