आईपीएलमा राजस्थानको शानदार सुरुवात

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्सले शानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा गत सिजनको उपविजेता राजस्थान ७२ रनले विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले तीन खेलाडीको अर्धशतकको मद्दतले ५ विकेटको क्षतिमा २०३ रन बनायो । कप्तान सञ्जु स्याम्सनले ५५ तथा जस बट्लर र यसस्वी जैसवालले ५४–५४ रन बनाए । हैदराबादका लागि फजहल हक फारुकी र टी नटराजनले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको हैदराबादको सुरुवात निकै खराब रह्यो । बिना कुनै रन बनाउँदा टोलीले दुई विकेट गुमाएको थियो । अन्ततः टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि अब्दुल सामदले ३२ तथा मंयक अग्रवालले २७ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा