बीमा अभिकर्ताको लाइसेन्स नवीकरण न्युन
चैत १९ गतेसम्ममा १६ प्रतिशत जति मात्रै बीमा मध्यस्थकर्ता (अभिकर्ता) ले अनुमतिपत्र (लाइसेन्स) नवीकरण गराएका छन् । नेपाल बीमा प्राधिकरणले दिएको जानकारीअनुसार आइतवार कार्यालय समयसम्ममा लाइसेन्स नवीकरण गराउने अभिकर्ताको संख्या ३५ हजार छ ।
यो लाइसेन्स नवीकरण गराउनुपर्ने कुल अभिकर्ता संख्याको १५ दशमलव ७८ प्रतिशत हो । नवीकरण गराउने अवधि अझै बाँकी भएकाले आउने दिनमा नवीकरण गर्नेको संख्या बढ्ने जानकारहरूको भनाइ छ । पर्याप्त संख्यामा बीमा अभिकर्ताले लाइसेन्स नवीकरण नगराएको र बीमकको प्रथम बीमा शुल्क घटेको तथ्यांकले यो व्यवसाय पनि सहज स्थितिमा नरहेको संकेत गर्छ ।
बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरू भने अर्थतन्त्रको अवस्थाले अन्य क्षेत्रमा झैं बीमा व्यवसायमा पनि केही असर गरेको तर आत्तिनुपर्ने अवस्थान नगरेका बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण