उपनिर्वाचन
मनोनयन दर्ता गर्न लामिछाने निर्वाचन अधिकृतको कार्यालयमा
सोमबार, २० चैत २०७९, १० : १२

चितवन । वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । कार्यालयमा पुगेसँगै लामिछानेको उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएको हो ।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया फर्कन विमान चढेका पञ्जाबका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ फेरि होटल फर्किए
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
‘सम्झौता भएका ४६ परियोजना ५ वर्षभित्रमा कार्यान्वयन हुन्छ’
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार