मौसमी फ्लूबाट कसरी जोगिने ?
काठमाडौं । गर्मी मौसम सुरु भएको छ । यो मौसममा स्वास्थ्यसम्बन्धी विभिन्न खालका समस्या देखिने गर्छ । यस याममा मौसमी फ्लूका समस्या धेरै देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मौसमी फ्लूबाट बच्ने उपाय यस्तो छ–
–फ्लू लागेका व्यक्तिहरूबाट टाढा बस्नुपर्छ ।
–आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्नुपर्छ ।
–घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगानुपर्छ ।
–मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग गर्न हुँदैन ।
–खोक्दा वा हाच्छिउँ गर्दा नाक,मुख छोप्नुपर्छ ।
–बेलाबेलामा साबुपानीले हात धुनुपर्छ ।
–हातले आँखा,नाक वा मुख छुने बानी त्याग्नुपर्छ ।
–तातो पानी पिउने,बाफ लिने जस्ता घरेलुु उपाचार विधि अपनाउनुपर्छ ।
–प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खानुपर्छ ।
–गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ ।
–सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण