स्वर्णिमलाई गगनले भने, 'तनहुँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन'
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताएका छन् । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘तनहुँवासीले गत आम चुनावमा पाँच वर्ष जिम्मेवारी सुम्पिनु भएको काँग्रेसका नेता अहिले राष्ट्रपति बन्नु भएको छ । यो ठाउँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन ।’
कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार भनेको स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले राष्ट्रपतिको उत्तराधिकार गोविन्द भट्टराई भएको बताए । विशेष परिस्थितिले भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जित्नुको विकल्प नभएको उनको भनाइ छ ।
‘गोविन्द भट्टराईबाट हामीले शालीनता सिक्ने हो । गोविन्द भट्टराई राजनीतिक आँखाले तनहुँमा खानेपानी र विद्यार्थीको समस्या देख्यो । उहाँ यो बाटोले चिनेको मान्छे ।’ तनहुँवासीले संसदमा अब शंकर भण्डारीसँग गोविन्द भट्टराईलाई देख्ने महामन्त्री थापाको दाबी गरे ।
माओवादी र एकीकृत समाजवादी लगायतका नेता कार्यकर्तालाई पनि भट्टराईले न्याय गर्ने बताए । ‘गोविन्द भट्टराई, हराउने कराउने, डराउने र कराउने मात्र सांसद बन्नु हुन्न । गोविन्द भट्टराईलाई जिताएर गलत गरेछु भन्ने हुँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण