आईपीएल प्रिम्भूः ४ वर्षपछि घरेलु मैदानमा खेल्दै चेन्नई

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सको सामना गर्दैछ । एमए चिदम्बरम स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । पहिलो खेल हारेपछि चेन्नईको लक्ष्य आज जीतको खाता खोल्ने हुनेछ भने पहिलो खेलमा जीत हासिल गरेको लखनउ आफ्नो विजयी यात्रालाई जारी राख्न चाहनेछ ।
चेन्नई ४ वर्षपछि आफ्नो घरेलु मैदानमा उत्रिनेछ । चेन्नईले अन्तिम पटक २०१९ मा यस मैदानमा खेलेको थियो । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्रतियोगिताको सफल टोलीमध्ये एक हो । चेन्नईले ४ पटक यो प्रतियोगिता जितेको छ । १३ मध्ये ११ सिजनमा प्लेअफमा पुगेको चेन्नईले ९ पटक फाइनल पनि खेलेको छ । यो सिजनको पहिलो खेलमा भने चेन्नई गुजराजसँग ५ विकेटले पराजित भएको थियो ।
उता लखनउले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो । खेलमा काइल मेयर्स र मार्क वुडले उत्कृष्ट प्रदर्शन गरेका थिए । केएल राहुलको कप्तानीमा रहेको लखनउको यो मात्र दोस्रो सिजन हो । पहिलो सिजनमा नै टोली क्वालिफायरसम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण