ब्याजदरको विषयमा अर्थमन्त्रीको चासो : ‘घटाउन सकिन्छ ?’
काठमाडौँ । बैंकको ब्याजदरको विषयमा अर्थमन्त्री डा.प्रकाश शरण महतले चासो देखाएका छन् । उच्च ब्याजदरका कारण बजारमा तरलता प्रवाह कम भई उद्योग व्यापार तथा व्यवसाय सञ्चालनमा समस्या भएको भन्ने व्यवसायीको गुनासो बढेपछि अर्थमन्त्री डा.महतले सोमबार बैंकर्ससँग छलफल गरेका हुन् ।
नेपाल बैंकर्स संघ (एनबीए) का पदाधिकारीहरूसँग छलफल गरेका अर्थमन्त्री डा.महतले ब्याजदर घटाउन सकिन्छ कि सकिँदैन भनेर चासो राखेका छन् ।
‘उच्च ब्याजदरका कारण उत्पादनमा जान व्यापार व्यवसाय गर्न गाह्रो भयो भन्ने व्यवसायीको गुनासो छ । बजारमा तरलताको प्रवाह नै हुन सकेन भन्ने गुनासो छ । वास्तविकता के हो तपाईँहरू नै बढी जानकार हुनुहुन्छ । अहिलेको ब्याजदरमा केही कम गर्न सकिने ठाउँ छ ?’ जिज्ञासा राख्दै अर्थमन्त्री डा.महतले भने । यदि ब्याजदर घटाउने ठाउँ भए बिचार गर्न बैंकर्ससँग आग्रह गरे ।
सोही अवसरमा अर्थमन्त्री डा. महतले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन आफूले नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वयन गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता जाहेर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण