सांसद दुर्लभ थापाको प्रतिबद्धता– नयाँदेखि पुराना पुस्तालाई समेत समेटेर अघि बढ्छु
भक्तपुर । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टीभित्रका नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर आफू अघि बढ्ने बताएका छन् ।
सोमबार भक्तपुरमा ‘शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठान’ द्वारा प्रकाशित क्यालेन्डर विमोचन गर्दै सांसद थापाले नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकाले आपसमा मतभेद हुनु स्वाभाविक भए पनि देशको विकास, प्रजातान्त्रिक मूल्य र मान्यताका सवालमा सबै एकजुट हुने प्रस्ट पारे ।
क्यालेन्डरले समयको गणना गर्ने भन्दै उनले आफूले पनि जिल्लाको विकासमा क्यालेन्डरकै जसरी दिन प्रतिदिन योगदान गर्दै जाने विश्वास दिलाए ।
उनले राधेश्याम जोन्छें आफ्नो पिताको साथी रहेको स्मरण गर्दै आफूले समेत निकट रहेर काम गरेको चर्चा गरे ।
प्रतिष्ठानकी अध्यक्ष एवं बागमती प्रदेश सरकारी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेंले आपसी मतभेदलाई त्यागेर विकास निर्माणमा सबैले हातेमालो गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण