वस्तुगत उपाध्यक्षका प्रत्याशी हेमराज ढकालको प्यानल घोषणा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले सदस्यहरू सहित आफ्नो टिमको घोषणा गरेका छन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवारी दिएका ढकालले १४ जना सदस्य सहितको प्यानल घोषणा गरेका हुन् ।
उनको समूहले महासंघको वस्तुगत संघलाई बलियो बनाउन अभियान अनुरूप सबैजसो क्षेत्रलाई समेटेर सदस्यहरू सहितको टिम घोषणा गरेका हुन् । विशेषगरी उक्त समूहले साना, लघु, घरेलु तथा कृषि, पर्यटन, निर्यात, उत्पादनमूलक, खाद्यान्न लगायत सबैजसो क्षेत्रलाई समेटेर सदस्यहरूको उम्मेदवारी घोषणा गरेका छन् ।
घोषणा सभा कार्यक्रममा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत संघ भनेको ब्रेन भएको तर महासंघ चलायमान बनाउने वस्तुगत संघलाई महासंघभित्र धेरै स्थान नदिएको गुनासो गरेका छन् । अबका दिनमा महासंघ भित्र वस्तुगत संघको अधिकार र दायरा फराकिलो बनाउँदै सम्पूर्ण वस्तुगत संघले अपनत्व गर्ने महासंघ निर्माणका लागि आफ्नो समूहले उम्मेदवारी दिएको बताए ।
उमेशलाल श्रेष्ठ समूहको वस्तुगत उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल समूहको केन्द्रीय सदस्यका उम्मेदवारहरुः
अच्युत गरागाईँ –नेपाल टुर एण्ड ट्राभल एजेन्ट एसोसिएसन
कमला श्रेष्ठ –नेपाल सौदर्यकला व्यवसायी संघ
किरण डंगोल –नेपाल हातेकागज संघ
खोज राज कटुवाल –कृषि मेशिनगरी व्यवसायी संघ)
नानीराज घिमिरे –फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल)
देवेन्द्र खड्का –कुरियर सर्भिस एसोसिएन अफ नेपाल)
नरेशलाल श्रेष्ठ –नेपाल फेल्ट उत्पादक तथा निर्यातक संघ)
पशुपतिदेव पाण्डे –गार्मेन्ट एसोसिएसन नेपाल
भक्त हमाल –केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन नेपाल)
रामेश्वर शाह –आउटसोर्सिङ एसोसिएसन नेपाल
रितेश लामिछान–गुड्स क्यारिएर एसोसिएसन)
लिलेन्द्र प्रसाद प्रधान–नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएन
डा. सुवोध गुप्ता–चामल, तेल, दाल उद्योग संघ
हरि बहादूर कार्की–नेपाल निर्यात परिषद्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण