मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय ‘आई ड्रप’ का लागि अमेरिकाको चेतावनी : भन्यो, ‘सङ्क्रमण र अन्धोपनका लागि जिम्मेवार’

मङ्गलबार, २१ चैत २०७९, १२ : ०६
मङ्गलबार, २१ चैत २०७९

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले भारतमा बनेको आई ड्रप प्रयोग नगर्न चेतावनी दिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा कम्तीमा ५५ जनामा सङ्क्रमण, अन्धोपन र थुप्रै समस्याका लागि उक्त आई ड्रप जिम्मेवार भएको र यसका कारण एक जनाको मृत्युसमेत भएको छ ।

एएफडीएका अनुसार आर्टिफिसियल टिअर्स आई ड्रप जुन भारतको ग्लोबल फार्मा हेल्थ केयर प्राइभेट लिमिटेडले बनाउँछ, यसबाट ब्याक्टेरियल सङ्क्रमणको खतरा छ र यो कम्पनीले उत्पादनको मापदण्ड उल्लङ्घन गरेको छ ।

चेन्नई स्थित कम्पनी ग्लोबल फार्मा हेल्थ केयरले बुधवार अमेरिकामा उपभोक्ता स्तरमा आई ड्रपको बाँकी भएको स्टक फिर्ता माग्न थालेको छ । अमेरिकामा यो आई ड्रपको डिस्ट्रिब्युटर एज्रिकेयर एलएलसी र डेलस्याम फार्मा हो ।

रोयटर्सलाई भारत सरकारको एक स्रोतले बताए अनुसार केन्द्र र राज्य औषधी नियामकले ग्लोबल फार्मा हेल्थ केयरको चेन्नई प्लान्टमा एउटा समूह पठाएको छ ।

अघिल्लो वर्ष यस्तै एउटा भारतीय कफ सिरपबाट गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटना सार्वजनिक भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप