भारतीय ‘आई ड्रप’ का लागि अमेरिकाको चेतावनी : भन्यो, ‘सङ्क्रमण र अन्धोपनका लागि जिम्मेवार’
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले भारतमा बनेको आई ड्रप प्रयोग नगर्न चेतावनी दिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा कम्तीमा ५५ जनामा सङ्क्रमण, अन्धोपन र थुप्रै समस्याका लागि उक्त आई ड्रप जिम्मेवार भएको र यसका कारण एक जनाको मृत्युसमेत भएको छ ।
एएफडीएका अनुसार आर्टिफिसियल टिअर्स आई ड्रप जुन भारतको ग्लोबल फार्मा हेल्थ केयर प्राइभेट लिमिटेडले बनाउँछ, यसबाट ब्याक्टेरियल सङ्क्रमणको खतरा छ र यो कम्पनीले उत्पादनको मापदण्ड उल्लङ्घन गरेको छ ।
चेन्नई स्थित कम्पनी ग्लोबल फार्मा हेल्थ केयरले बुधवार अमेरिकामा उपभोक्ता स्तरमा आई ड्रपको बाँकी भएको स्टक फिर्ता माग्न थालेको छ । अमेरिकामा यो आई ड्रपको डिस्ट्रिब्युटर एज्रिकेयर एलएलसी र डेलस्याम फार्मा हो ।
रोयटर्सलाई भारत सरकारको एक स्रोतले बताए अनुसार केन्द्र र राज्य औषधी नियामकले ग्लोबल फार्मा हेल्थ केयरको चेन्नई प्लान्टमा एउटा समूह पठाएको छ ।
अघिल्लो वर्ष यस्तै एउटा भारतीय कफ सिरपबाट गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण