सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘किसीका भाइ किसीकी जान’को गीतमा रामचरणसँग सलमानको लुङ्गी डान्स

मङ्गलबार, २१ चैत २०७९

मुम्बई । सलमान खान अभिनीत प्रतीक्षित फिल्म ‘किसीका भाइ किसीकी जान’ को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म रिलिज मिति केही दिन बाँकी रहँदा निर्माण युनिटले ‘यन्तम्मा’ बोलको नयाँ गीत ल्याएको हो ।

गीतको रिलिज जानकारी सलमानले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउन्टबाट दिएका छन् । गीतमा सलमान खान, रामचरण र वेंकटेश लुङ्गीमा नृत्य गरेको देख्न सकिन्छ । 

रिलिजसँगै यो निकै भाइरल भइरहेकोछ । गीतमा सलमान, रामचरण र वेंकटेशको नृत्य निकै स्टाइलिस छ । फिल्म इदको अवसर पारेर २४ अप्रिलमा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया