राज्यले संवैधानिक दायित्व बिर्सियो : उपमहासचिव तुलाधर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले राज्यले संवैधानिक दायित्व बिर्सिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य, सामाजिक सेवाको पक्षहरु राज्यको दायित्व भित्र पर्छ भन्ने संवैधानिक व्यवस्था रहेपनि राज्यले त्यो पूरा गर्न नसकेको बताए । उनले यसको प्रमाण हरेक वर्षको शिक्षा क्षेत्रमा घटाइने बजेट रहेको उल्लेख गरे ।
उनले अन्तर्राष्ट्रिय परम्परा राज्यको समग्र बजेटको २५ प्रतिशतसम्म बजेट शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने प्रावधान रहेपनि नेपालमा भने अझैसम्म २० प्रतिशतसम्म पनि बजेट शिक्षामा छुट्याउन नसकेको बताए । उनले सरकारले शिक्षालाई महत्व दिन खोजेको हो भने आगामी बजेटमा शिक्षा क्षेत्रका लागि समग्र बजेटको २० प्रतिशत बजेट छुट्याएर देखाउन चुनौति दिए ।
उपमहासचिव तुलाधरले सामुदायिक शिक्षाको गुणस्तरियता बढाउनका लागि सम्पूर्ण रुपमा सामुदायिक शिक्षामा राज्यले लगानी गर्नुपर्ने र अहिलेको शिक्षाको लगानी दोब्बर बढाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण