मिटरब्याजी पीडितलाई सरकारले भन्यो : काठमाडौँ आएर दुःख पाउने होइन आफ्नो ठाउँ फर्किनुपर्छ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तराईका विभिन्न ठाउँबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई काठमाडौँ आएर दुःख पाउन नहुने बताएकी छन् । सरकारकी प्रवक्ता समेत रहेकी शर्माले सरकारले मिटरब्याजी पीडितलाई न्याय हुनेगरी शक्तिशाली जाँचबुझ आयोग र अपराध संहिता संशोधन प्रक्र्रिया अघि बढेकाले काठमाडौँ आएर दुःख नपाउन सुझाव दिएकी छन् ।
‘मिटरब्याजसँग सम्बन्धित समस्याका विषयमा जाँच बुझ आयोग गठन भएको छ । खास मिटरब्याज पीडितलाई सम्बोधन गर्ने अरुलाई नगर्ने आशयको होइन । यो आयोगले मिटरब्याजीसँग सम्बन्धी सबै समस्या सदाका लागि सम्बोधन गर्ने उद्देश्यसहित गठन गरिएको हो । यसको मुख्यालय जनकपुरमा राखिएको छ’ शर्माले भनिन्, ‘पीडितहरुले आफ्ना कुरा सहजढंगले पु¥याउन सकुन् भनेर हो । जनकपुरमै कार्यालय राखिएको छ । मिटरब्याजीका के कस्ता समस्याहरु छन् ? समस्याका सामान कसरी गर्ने भन्ने सुझाव दिने छ ।’
मिटरब्याजी पीडितहरुले मन्त्रिपरिषद् गरेको निर्णय विस्तृत रुपमा थाहा नपाएर आएको हुन सक्ने भएकाले विस्तृत रुपमा बुझ्न शर्माले आग्रह गरिन् । ‘मन्त्रिपरिषद्का निर्णय थाहा नपाएर आउनु भएको हुनसक्छ । उहाँहरुसँग विस्तृतमा छलफल र कुराकानी हुने छ । उहाँहरु काठमाडौँमा दुःख पाउने होइन । उहाँहरु आफ्नो ठाउँमा फर्किनुहुन्छ’ शर्माले भनिन्, ‘सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न जाँच बुझ आयोग गठनगरी सकेको छ । सबै समस्या शादका लागि समाधान हुनेगरी अघि बढेको छ । यसलाई कानुनी दायरामा ल्याउन अपराध संहिता २०७४ लाई पनि संशोधन गर्ने निर्णयगरी सकेका छौं ।’
विगतमा कानुन नहुँदा मिटरब्याजीलाई समाउन नसकिएको शर्माले बताइन् । अब अपराध संहिता संशोधन भएमा सबै मिटरब्याजी कानुनी दायरामा आउने शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण