भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो
काठमाडौँ । भारतमा रोजगारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ ।
भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाइ गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएको हो । नेपाल र्फकनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिइन् ।
उनले नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँग परीक्षणको दायरा पनि बढाएको बताइन् । उनले जमुनाहा नाकाबाट दैनिक करिब डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको बताइन् । साहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताइन् ।
कोरोनाको पोजेटिभ देखिएकाहरुमा सामान्य लक्षण देखिएकाले उनीहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख साहीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण