तनहुँको माटो नै नचिनेका व्यक्तिहरू उम्मेदवार बन्न आए : भट्टराई
दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले आफू तनहुँकै माटोमा हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताएका छन् ।
यहाँको माटो नै नचिनेका व्यक्तिहरू उम्मेदवारका रूपमा आएका भन्दै उनले तिनीहरू छाडेर जाने भए पनि आफू भने यहीको विकासमा लागि पर्ने बताएका हुन् ।
डुम्रेमा चुनावी प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले पदमै नरहेर पनि जिल्लाको मिलुंंगदेखि धरमपानी र छिम्केश्वरीदेखि रुपाकोटसम्म विकासका काममा खटिरहेको स्मरण गराए । कतिपय उम्मेदवार पैसा बाँडेर चुनाव जित्ने योजनामा रहेको भन्दै उनले सोधे, ‘पैसालाई भोट दिनुहुन्छ कि निष्ठानवानलाई ?’
आफूसँग जिल्लाको विकासदेखि राष्ट्रिय र अर्थतन्त्र बलियो बनाउने योजना रहेको भट्टराईले सुनाए । उनले आफूले पार्टीमा देखिएका समस्या समाधान गरेर सुधार गर्ने भन्दै भने, ‘म घरको फोहोर सफा बनाएर राम्रो बनाएर बस्छु, अर्काको घरमा बास बस्न जाने काम गर्दिनँ ।’ डुम्रेमा स्थापित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्रीय सभापति श्याम मौरती, स्थानीय नेताहरू रामचन्द्र अधिकारी, रेसम गुरुङ लगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण