शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासंघको चुनाव

महासंघको निर्वाचन : ६४ पदका लागि पर्‍यो ११८ जनाको उम्मेदवारी, २ जना सर्वसम्मत

मङ्गलबार, २१ चैत २०७९, २१ : १५
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन् । कूल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले रातोपाटीलाई जानकारी दिए ।

यही चैत २९ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ताको समय आज ५ बजेसम्म तोकिएको थियो । यो समयावधिमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्वीराष्ट्रिय पदमा गरी कूल ६४ जना चाहिन्छ । जसमध्ये ११८ जनाले उम्मेदवारी दिएका छन् ।

आउँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिएका छन् । अन्जान श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका हुन् । यी तीन उम्मेदवारमध्यबाट १ जना वरिष्ठ उपाध्यक्ष चुनिनेछन् ।

यसबाहेक जिल्लानगर, वस्तुगत र एसोसिएटमा गरी ३ उपाध्यक्ष चाहिनेमा ८ जनाको उम्मेदवारी परेको छ । समान १–१ जना उपाध्यक्ष चाहिने जिल्लानगर र वस्तुगततर्फ ३/३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, १ उपाध्यक्ष चुनिने एसोसिएटतर्फ २ जनाको उम्मेदवारी परेको पौडेलले जानकारी दिए ।

यस्तै, १ सदस्यको कोटा रहेको कोशी प्रदेशबाट ३ जनाले उम्मेदवारी दर्ता गराउँदा मध्येशबाट २, बागमतीबाट २, गण्डकीबाट २, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट २ जनाले उम्मेदवारी हालेका छन् । यस्तै, लुम्बिनी प्रदेशबाट भने १ जनाको उम्मेदवारी परेको छ । महासंघको चुनावमा प्रत्येक प्रदेशकातर्फबाट समान १–१ जनाको कोटा हुन्छ । यसअनुसार, लुम्बिनीबाट भने सर्वसम्म चयन भएका छन् ।

यसबाहेक, १ जनाको कोटा रहेको संस्पाक सदस्यमा २ जनाले उम्मेदवारी हालेका छन् । यस्तै, १४ जना निर्वाचन हुने वस्तुगततर्फको केन्द्रीय सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ भने १८ जना निर्वाचित हुने जिल्लानगरमा ३२ जनाको उम्मेदवारी परेको छ । यसैगरी १९ जना निर्वाचित हुने एसोसिएटतर्फको केन्द्रीय सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, द्वीराष्ट्रिय सदस्यतर्फ १ जना निर्वाचित हुनेमा १ जनाको मात्रै उम्मेदवारी परेको छ । निर्वाचनबाट निर्वाचित हुने कूल ६४ पदमा ११८ जनाको उम्मेदवारी पर्दा २ जना भने सर्वसम्मत बनेका हुन् ।

महासंघको चुनावले ६४ जना निर्वाचित गर्नेछ भने ७ वटै प्रदेशका अध्यक्ष स्वतः महासंघको अध्यक्ष बन्नेछन् । प्रदेश अध्यक्ष निर्वाचित भइसकेपनि पदबहाली गरेका छैनन् । यस्तै, अध्यक्षले ५ जना सदस्य मनोनीत गर्न पाउनेछन् भने वतर्मान अध्यक्ष शेखर गोल्छा निवर्तमान अध्यक्षकारुपमा कार्यसमिति सदस्यमा बस्नेछन् । यी सबै संख्या जोड्दा महासंघको कार्यसमितिमा कूल ७७ सदस्यीय पद हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप