यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

बैतडी । सोह्र वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ ।
सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला तथा समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका छन् । अछामको साँफेबगरस्थित मैदानमा प्रतियोगिताको उद्घाटन खेल अछाम र डोटीबीच हुने छ । सोही दिन अर्को खेलमा कञ्चनपुर र बझाङले भिड्ने छन् ।
सचिव भट्टका अनुसार आगामी वैशाख ४ गते सेमिफाइनलका खेल हुनेछन् भने वैशाख ५ गते उपाधिका लागि प्रतिस्पर्धा हुने छ । उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ । उक्त टोलीले यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी