नेपाल वायुसेवा निगम अझै विश्वसनीय भएन : पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन् । नेपाल वायुसेवा निगम कर्मचारी सङ्घको नवौँ केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले वायुसेवा निगमका जहाजहरू अझै पनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरूमा धेरै समस्या देखिएको बताए ।
उनले भने, ‘आज प्रतिस्पर्धात्मक यो बजारमा यसले आफूलाई विश्वसनीय बनाउन सकेको छैन । ठ्याक्कै व्यवहारिक ढङ्गबाट भन्दा नेपाल एयरलाइन्सका जहाजहरू तोकिएको समयमा कमै उड्छन् । अहिले त कस्तो छ भने नेपाल एयरलाइन्सको टिकट काट्यो भने फाइभ स्टार होटलमा बस्न पाइन्छ । धेरै हतार नभएका मान्छेहरूले मात्रै यो टिकट काट्ने परिस्थिति हो कि जस्तो देखिन्छ । त्यसैले यसलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरिनुपर्छ ।’
उनले भने अझै पनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरूले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताए । नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाङ्ग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए । पौडेलले भने, ‘पाङ्ग्रा मागेर चलाउनुपर्ने, त्यसको टेक्निकल पार्ट म बुझ्दिन, एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल निकाल्न नसक्ने, यहीँ नेपालका सहरमा नै समयमा जहाज उड्न नसक्ने, यी कुरालाई व्यवस्थित ढङ्गबाट अघि बढाउन जरुरी छ । यसको व्यवस्थापन पक्षमा धेरै त्रुटिहरू देखिन्छ ।’
उनले नेपाल एयरलाइन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न जरुरी रहेको बताए । सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कदम चाल्न नसकेको गुनासो गरे ।
उनले भने, ‘सरकारले यसलाई व्यवस्थापन गर्ने पक्षमा काम गर्न पनि सकेको छैन, मन्त्री आउँछ, यति मान्छे नियुक्ति गर् भन्छ, सित्तैमा टिकट दे लगायतका गतिविधि र समस्याहरू भएका छन् । कसैले संस्थाको अहितमा निर्देशन गर्छ भने त्यसलाई नमान्नुस् । माथिदेखि तलसम्म सुधार गर्नुपर्ने धेरै विषय छन्, इच्छाशक्ति हामीमा चाहिन्छ ।’
सांसद पौडेलले श्रमजीवीका खास समस्या सम्बोधन गर्न अझै नसकिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण