इन्द्रसरोवर तालमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
बुधबार, २२ चैत २०७९, १६ : ४४
काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो । इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा उनी मंगलबार हामफाल्दा बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण