आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इन्द्रसरोवर तालमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

बुधबार, २२ चैत २०७९, १६ : ४४
बुधबार, २२ चैत २०७९

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।  काठमाडौँको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो । इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा उनी मंगलबार हामफाल्दा बेपत्ता भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप