६० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी नभएको निर्माण व्यवसायीहरूको गुनासो
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या समाधान गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री महतसमक्ष निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराएको हो ।
निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन बमोजिम पाउनु पर्ने बीस प्रतिशत मोबिलाइजेशन पेश्की नपाउँदा राज्यको ‘सप्लाई चेन’ मै समस्या आई समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको अध्यक्ष सिंहले बताए । निर्माण व्यवसायीहरूको ६० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी नभएको तर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । मूल्यवृद्धिका कारण साना निर्माण व्यवसायीहरू अझ बढी मारमा परेको अ ध्यक्ष सिंहको भनाई थियो ।
मुलुकको समृद्धिका लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्दै अध्यक्ष सिंहले सरकारलाई सबै किसिमको सहयोग गर्न व्यवसायीहरू तयार रहेको प्रतिबद्धता जनाए । महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री महतलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण