सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको भन्दै पूर्वमन्त्री खानद्वारा साइबर ब्युरोमा उजुरी

बुधबार, २२ चैत २०७९, २० : ४९
बुधबार, २२ चैत २०७९

काठमाडौँ । आफ्नो अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको भन्दै जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ । 

सामाजिक सञ्जालमा कुराकानीको क्रममा एक महिलाले एक्कासि अश्लील हरकत गरी सो भिडियो रेकर्ड गरेर आफूसँग ३ लाख रुपैयाँ माग गरेको उजुरीमा उल्लेख गरेका छन् ।

‘मेरो फेसबुकमा पूजा अग्रवाल नाम गरेकी एकजना महिलाले चिनजान गरी सञ्जालमा कुराकानी गर्न थालिन् । एक दिन सामान्य कुराकानी गर्दा अमर्यादित कुरा गरी शरीरको अर्धनग्न र गोप्य अंग देखाउन थालेपछि मैले तत्काल भिडियो अफ गरी सबै संवादका माध्यमहरू बन्द गरेर सञ्जालबाट ब्लक गरेकोमा सबै साम्य भएकोमा एक्कासि ह्वाट्स एपमा सोही भिडियो पठाएर मसँग फोन गरी मलाई ब्ल्याकमेल गरी तीन लाख रुपैयाँको लेनदेनको कुराकानी गरिन्  । मलाई ब्ल्याकमेल गरी मैले केही कुनै रकम नदिने भनी बाँके प्रहरीमा मिति २०७९।६।२४ गते जाहेरी दिएको थिएँ ।’

यस विषयमा प्रहरीले अनुसन्धान गरी रहेकोमा पुनः चैत २० गतेका दिन विभिन्न सामाजिक सञ्जाल र पत्रपत्रिकामा अश्लील भिडियो आदानप्रदान गरिएको उनको आरोप छ । सो भिडियो फेसबुकमा पोष्ट गरेर आफ्नो चरित्रहत्या भएको तथा सम्मानपूर्वक बाच्न पाउने हक, न्यायको हक, गोपनीयताको लगायत संवैधानिक र कानुनी हक हनन भएको खानले बताएका छन् । खानले आफ्नो गोप्य तथा संवेदनशील तस्बिर भिडियो हटाउन र नहटाएमा कानुनी कारबाही गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप