बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकबाट चिनजान, भेट्न बोलाएर सामूहिक बलात्कार

बुधबार, २२ चैत २०७९, २२ : ०१
बुधबार, २२ चैत २०७९

काठमाडौं । सिन्धुपाल्चोक घर भएका २१ वर्षीय निमा तामाङ बीबीएसका विद्यार्थी हुन् । मेलम्ची नगरपालिका–३ घर भएर टोखा नगरपालिका–६ धापासी बस्ने निमा आशिष तामाङको नामबाट फेसबुक चलाउँछन् । फेसबुकबाट निमाले एक किशोरीसँग चिनजान गरे ।

कक्षा ९ मा पढ्ने किशोरीसँग करिब डेढ महिना कुरा भएपछि निमाले भेट्न बोलाए । फागुन ६ मा किशोरीसँग टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल नजिक भेट गरे । भेटेपछि किशोरीलाई नजिकैको गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले निमालाई पक्राउ गरेको छ ।

निमा र उनको साथीले सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीले रातोपाटीलाई बताए । प्रहरीले उनको साथी काभ्रे घर भएका २१ वर्षीय कुशल श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

काभ्रेको महाभारत गाउँपालिका–७ घर भएका कुशल पनि धापासीमा बस्छन् । कुशल विदेश जाने तयारीमा थिए । अहिले दुवैजना प्रहरी वृत महाराजगञ्जको हिरासतमा छन् । चैत २० मा पक्राउ परेका आरोपीहरु बिरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप