फेसबुकबाट चिनजान, भेट्न बोलाएर सामूहिक बलात्कार
काठमाडौं । सिन्धुपाल्चोक घर भएका २१ वर्षीय निमा तामाङ बीबीएसका विद्यार्थी हुन् । मेलम्ची नगरपालिका–३ घर भएर टोखा नगरपालिका–६ धापासी बस्ने निमा आशिष तामाङको नामबाट फेसबुक चलाउँछन् । फेसबुकबाट निमाले एक किशोरीसँग चिनजान गरे ।
कक्षा ९ मा पढ्ने किशोरीसँग करिब डेढ महिना कुरा भएपछि निमाले भेट्न बोलाए । फागुन ६ मा किशोरीसँग टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल नजिक भेट गरे । भेटेपछि किशोरीलाई नजिकैको गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले निमालाई पक्राउ गरेको छ ।
निमा र उनको साथीले सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीले रातोपाटीलाई बताए । प्रहरीले उनको साथी काभ्रे घर भएका २१ वर्षीय कुशल श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।
काभ्रेको महाभारत गाउँपालिका–७ घर भएका कुशल पनि धापासीमा बस्छन् । कुशल विदेश जाने तयारीमा थिए । अहिले दुवैजना प्रहरी वृत महाराजगञ्जको हिरासतमा छन् । चैत २० मा पक्राउ परेका आरोपीहरु बिरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण