भूगोल इनर्जीको आइपीओ बिक्रीमा
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज बिहीबार चैत २३ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपिओ निष्काशन गरेको हो । यस भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो मध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार ८११ कित्ता निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ७१ हजार ९१६ कित्ता छुट्याइएको छ भने बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपिओ भर्न सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर सकिनेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत जनाउँछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण