वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन सांसदको प्रस्ताव
बिहीबार, २३ चैत २०७९, १४ : ४३
काठमाडौँ । प्रतिनिधिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन सांसदले प्रस्ताव गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका हुन् ।
यसले आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च हुने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ छ ।
समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्दै उनले यसका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागु गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण