प्रधानमन्त्रीले प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीलाई सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा आगामी वैशाख १ गते हुने कार्यक्रममार्फत प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूलाई वैशाख १ गते बेलुका ७ बजे भर्चुअल माध्यममार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बताए । सो क्रममा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीका समस्या समेत सुन्ने बताइएको छ ।
यस कार्यक्रमलाई सरकारका राम्रा काम स्वदेश तथा विदेशमा रहेका नेपाली समक्ष पुर्याउने महत्त्वपूर्ण अवसरको रूपमा लिइएको छ । कार्यक्रममा अतिथिको रूपमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ र सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा समेत सहभागी हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण