बेलायतबाट पूर्व गोर्खा सैनिकलाई देश निकाला गर्न रोक
१३ भूतपूर्व गोर्खाहरूको मुद्दाको सम्बन्धमा पुनर्विचार गर्ने बेलायती सरकारले बताएको छ । यी सबैलाई बेलायतबाट निकाल्ने सरकारले तयारी थालेको छ । यी सबै पूर्व सैनिक अफगानिस्तानबाट बचाएर बेलायत ल्याइएका थिए ।
यी पूर्व सैनिक अफगानिस्तानस्थित बेलायती दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । तर, काबुलमा तालिवानको शासन आएपछि उद्धारकर्ताहरूले उनीहरूलाई बेलायत लगे ।
अहिले उनीहरू सबै लन्डनमा काम गरिरहेका छन् । तर गत साता उनीहरूलाई अचानक हिरासतमा लिएर नेपाल वा भारत फिर्ता पठाइने बताइयो ।
बेलायतको गृह मन्त्रालयले तत्कालका लागि यी व्यक्तिहरूलाई बेलायतबाट बाहिर निकाल्न ‘प्रतिबन्ध’ लगाइएको जनाएको छ ।
यी १३ जनालाई बेलायतमा बस्ने कानुनी अधिकार रहेको यी सैनिकका वकिलहरूले बताएका छन् ।
यी नेपाली भारतीय नागरिकको उमेर ३७ देखि ६० वर्षसम्म रहेको बताइएको छ ।
तिनीहरू सबै एक निजी सुरक्षा फर्ममा काम गर्थे, जसलाई काबुलमा बेलायत र क्यानडाली दूतावासहरूको सुरक्षाको जिम्मेवारी दिइएको थियो ।
अफगानिस्तानको राजधानी काबुल अगस्ट २०२१ मा तालिवानको नियन्त्रणमा आयो । त्यसपछि राष्ट्रपति असरफ घानीको सरकार पतन भयो र उनी देश छोडेर भागेका थिए ।
यस अवधिमा ब्रिटिस सेनासँग काम गरेका हजारौँ अफगान र सरकारी कर्मचारीहरूलाई काबुलबाट सुरक्षित रूपमा बाहिर निकालियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण