सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतबाट पूर्व गोर्खा सैनिकलाई देश निकाला गर्न रोक

बिहीबार, २३ चैत २०७९, १७ : ०१
बिहीबार, २३ चैत २०७९

१३ भूतपूर्व गोर्खाहरूको मुद्दाको सम्बन्धमा पुनर्विचार गर्ने बेलायती सरकारले बताएको छ । यी सबैलाई बेलायतबाट निकाल्ने सरकारले तयारी थालेको छ । यी सबै पूर्व सैनिक अफगानिस्तानबाट बचाएर बेलायत ल्याइएका थिए ।

यी पूर्व सैनिक अफगानिस्तानस्थित बेलायती दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । तर, काबुलमा तालिवानको शासन आएपछि उद्धारकर्ताहरूले उनीहरूलाई बेलायत लगे ।

अहिले उनीहरू सबै लन्डनमा काम गरिरहेका छन् । तर गत साता उनीहरूलाई अचानक हिरासतमा लिएर नेपाल वा भारत फिर्ता पठाइने बताइयो ।

बेलायतको गृह मन्त्रालयले तत्कालका लागि यी व्यक्तिहरूलाई बेलायतबाट बाहिर निकाल्न ‘प्रतिबन्ध’ लगाइएको जनाएको छ ।

यी १३ जनालाई बेलायतमा बस्ने कानुनी अधिकार रहेको यी सैनिकका वकिलहरूले बताएका छन् ।

यी नेपाली भारतीय नागरिकको उमेर ३७ देखि ६० वर्षसम्म रहेको बताइएको छ ।

तिनीहरू सबै एक निजी सुरक्षा फर्ममा काम गर्थे, जसलाई काबुलमा बेलायत र क्यानडाली दूतावासहरूको सुरक्षाको जिम्मेवारी दिइएको थियो ।

अफगानिस्तानको राजधानी काबुल अगस्ट २०२१ मा तालिवानको नियन्त्रणमा आयो । त्यसपछि राष्ट्रपति असरफ घानीको सरकार पतन भयो र उनी देश छोडेर भागेका थिए ।

यस अवधिमा ब्रिटिस सेनासँग काम गरेका हजारौँ अफगान र सरकारी कर्मचारीहरूलाई काबुलबाट सुरक्षित रूपमा बाहिर निकालियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप