योजना सम्पन्न भएको पाँच वर्षसम्म निर्माण कम्पनीनै जबाफदेही हुनुपर्ने
काठमाडौँ । भौतिक पूर्वाधारका योजनाहरु सम्पन्न भएको पाँच वर्षसम्म निर्माण कम्पनीहरु नै जबाफदेही हुनुपर्ने भएको छ ।
सरकारले बिहीबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमले निर्माण कम्पनीहरुलाई जबाफदेही बनाउने भएको हो ।
निर्माण सकिएको एक वर्ष नपुग्दै सयौं योजनाहरु भत्किएर काम नलाग्ने अवस्थामा पुग्न थालेपछि सरकारले निर्माण कम्पनीहरुलाई जबाफदेहिताको दायरमा ल्याउने संकेत गरेको छ ।
‘भौतिक पूर्वाधारको दिगो विकास एवं गुणस्तरीय विकास निर्माण गर्ने, समयमै निर्माण सम्पन्न गर्ने, पाँच वर्षसम्म बिग्रे भत्केको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्ने’ साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ ।
यातायात क्षेत्रको एकीकृत विकास
सरकारले स्थल, हवाई, रेल, पानी जहाज र केबुलकार सेवालाई एकीकृत गर्ने लक्ष्य लिएको छ । यातायात क्षेत्र सुदृढ र व्यवस्थित गर्न एकीकृत विकासको लक्ष्य लिइएको छ ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गलाई ४ लेन तथा काठमाडौँ उपत्यकाको रिङरोड ८ लेनमा विस्तारको कामलाई यथासिघ्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसैगरी हुलाकी राजमार्गलगायत पूर्वपश्चिम लोकमार्ग, उत्तर दक्षिण करिडोर तथा व्यापारिक मार्गहरुलाई प्राथमिकता लिने लक्ष्य लिएको छ ।
साथै सरकारले पुँजीगत खर्च बढाउन ठेक्कापट्टाको निर्णयलाई पारदर्शी, जबाफदेही र छिटो छरितो बनाउने भएको छ ।
भौतिक पूर्वाधारमा तीन तहको सहकार्य
सरकारले भौतिक पूर्वाधार विकासका लागि तीन तहको सहकार्य नीति लिने भएको छ । संघले राष्ट्रिय गौरव, रुपान्तरणकारी, रणनीतिक महत्त्वका ठुला योजना सञ्चालन गर्ने, मझौला र साना आयोजनाहरु प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने नीति लिएको छ । घर जग्गा अधिकरणमा देखिएका समस्या समाधानका लागि तीन तहका सरकारबीच सहकार्य गर्ने नीति पनि लिइएको छ ।
सवारी चालक अनुमति पत्र अब सबै प्रदेशबाट सहजरुपमा उपलब्ध गराउने लक्ष्य पनि सरकारले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण