अमृत साइन्स क्याम्पसको स्ववियु निर्वाचन फेरि स्थगित
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) मा भोलि हुने स्ववियु निर्वाचन अन्तिम अवस्थामा आएर स्थगित भएको छ । निर्वाचन अधिकृत पीताम्बर श्रेष्ठले एक सूचना जारी गर्दै असहज परिस्थितिका कारण भोलिको मितिमा निर्वाचन गर्न नसकिने जनाए ।
केही विद्यार्थी संगठनले मतदान र मतगणना प्रतिनिधिको नामावली उपलब्ध नगराएकाले भोलि निर्वाचन गर्न नसकिने भएको अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको हो । यसअघि आज बिहान ४ वटा विद्यार्थी संगठनहरुले अस्कल र पाटन संयुक्त क्याम्पसमा यसअघि तोकिएको मितिमा निर्वाचन गर्ने सहमति जनाएका थिए ।
ती बाहेक अन्य क्याम्पसमा ३० गते निर्वाचन गराउने भनेका थिए । तर, उक्त सहमतिपछि नेविसंघ र अखिल क्रान्तिकारीले मतदान र मतगणना प्रतिनिधिको नाम नपठाएपछि निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
अमृतमा पटक पटक निर्वाचनको मिति सर्दै आएको छ । उच्च अदालत पाटनले समेत सर्वपक्षीय सहमतिको आधारमा तत्काल निर्वाचन गराउन आदेश जारी गरेको थियो । सोही आधारमा चैत १८ गतेका लागि निर्वाचनको मिति तय भएको थियो । तर, त्यो मितिमा तयारी नपुगेको भन्दै विद्यार्थी संगठनहरुको आग्रहमा २५ गतेका लागि निर्वाचनको मिति तय भएको थियो । भोलि हुने निर्वाचन पनि अन्तिम समयमा आएर रोकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण