रुपन्देहीमा विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ
बुटवल । रुपन्देही प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको टोलीले विभिन्न अपराधमा संलग्न प्रतिवादीहरूलाई उनीहरूको घर वतनमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाइएको रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।
पक्राउ पर्नेमा जुवा मुद्दाका रुपन्देहीको देवदह नगरपालिकाकी कान्छी गुरुङ, हरि प्रसाद खनाल, ठगी मुद्दाका दामोदर चौधरी, वन मुद्दाका गंगाराम वि.क., दलबहादुर थापा, टेकबहादुर सुनार, यमबहादुर क्षेत्री, रमेश कुमाल, कान्छो कामी, चोरी मुद्दाका सागर खवास, रामबहादुर लामा तामाङ, सार्वजनिक मुद्दाका निशव श्रेष्ठ र बहुविवाह मुद्दाका धुव्र कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनीहरु विभिन्न मुद्दाका १७ महिना १६ दिन कैद र १ लाख ७४ हजार १ सय ५३ रुपियाँ जरिवाना सजाय ठहर व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण