मृत्युको केही समय अघि चेन्नईबाट फर्किएकी थिइन् दिव्या : डिजाइनरलाई घरमा बोलाएकी थिइन्, सबैले पिएका थिए
९० को दशककी चर्चित अभिनेत्री दिव्या भारतीको मृत्यु भएको पनि ३० वर्ष पुगिसकेको छ । बुधवार (२२ चैत) मा उनको ३० औँ पुण्य तिथि थियो । उनको ५ अप्रिल १९९३ मा भवनबाट खसेर मृत्यु भएको थियो । दिव्याले आफ्नो अन्तिम समयमा के गरिरहेकी थिइन्, त्यसबारे धेरै कम मानिसलाई थाहा छ होला ।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार मृत्यु हुनुभन्दा केही समयअघि उनी चेन्नईबाट सुटिङ सकेर मुम्बई फर्किएकी थिइन् । उनलाई आफ्नो नयाँ फिल्म ‘आन्दोलन’ को कस्ट्युमबारे छलफल गर्नु थियो । यसका लागि उनले आफ्नो फेसन डिजाइनर निता लुल्लालाई कुराकानी गर्न घर बोलाएकी थिइन् ।
दिव्याले सोचेकी थिइनन् त्यो रात उनको अन्तिम रात हुनेछ
नीता श्रीमान्सँगै दिव्याको घरमा गएकी थिइन् । सबैले पिउन थाले । दिव्याको घरमा सहयोगी अमृता सबैका लागि स्न्याक्स बनाउँदै थिइन् । सबै पाहुना टिभी हेरिरहेका थिए । यसैबीच दिव्या बाल्कनीको कुनामा गएर बसिन् ।
त्यहाँ बस्दै गर्दा उनी थोरै घुम्न खोजिन्, त्यति नै बेला उनी सिधै खसिन् । पाँचौँ तलबाट खसेपछि उनी घाइते भइन् । केही बेरका लागि उनको सास चलिरहेको थियो । उनलाई तत्काल अस्पताल पुर्याइए पनि उनलाई बचाउन भने सकिएन ।
दिव्याको मृत्यु षड्यन्त्र वा दुर्घटना ?
दिव्याको मृत्युको खबर आउँदा सुरुमा कसैले पनि यो पत्याउन सकेनन् । १९ वर्षकै उमेरमा चर्चित नायिकाको मृत्युले धेरैलाई स्तब्ध बनाएको थियो । दिव्याको मृत्यु दुर्घटना नभई षड्यन्त्र भएको समेत धेरैले बताए ।
यो घटना यस्तो समयमा भएको थियो जब फिल्म उद्योगमा अन्डर वर्ल्डको दबदबा थियो । यससँगै निर्माता साजिद नाडियाडवालासँग विवाह गरेपछि उनी निकै तनावमा थिइन् भनेर पनि धेरैले भन्ने गर्दथे । यसै कारण उनी रक्सीको लतमा फसेको पनि बताइन्छ ।
विवाहका लागि इस्लाम धर्म स्वीकारेकी थिइन्
दिव्याको विवाहको खबर इन्डस्ट्रीका लागि पनि आश्चर्यको कुरा थियो । उनले साजिद नाडियाडवालासँग विवाह गरेकी थिइन् भन्ने कसैलाई थाहा थिएन । उनले साजिदसँग नजिकका मानिसहरूको उपस्थितिमा इस्लामिक रीतिरिवाज अनुसार विवाह गरेकी थिइन् । यसका लागि उनले इस्लाम पनि स्वीकार गरेकी थिइन् ।
साजिदले एक पुरानो अन्तरवार्तामा दिव्याको करियर नबिग्रियोस् भनेर आफूले विवाहको कुरा कसैलाई पनि नभनेको बताएका थिए । यद्यपि, दिव्यालाई भने विवाहको कुरा सार्वजनिक गरियोस् भन्ने चाहना थियो । साजिदले भनेका थिए, ‘दिव्या सधैँ आफ्नो विवाहका कुरा सबैलाई भन्न चाहन्थिन् । तर म सधैँ अस्वीकार गर्थेँ । सायद मैले यस्तो गर्नु हुँदैनथ्यो ।’
दिव्याका बुबाले सबै अफवाह खण्डन गरे
तर, दिव्याका पिता ओमप्रकाश भारतीले दिव्याको मृत्युसँग सम्बन्धित सबै अफवाह खण्डन गरे । उनले भनेका थिए, ‘आत्महत्या वा हत्याको प्रश्न नै उठ्दैन । हो, थोरै पक्कै पनि पिएकी थिइन् । उनी उदास थिइनन् । यो एक दुर्घटना थियो, उनको नियन्त्रण गुम्यो र तल खसिन् । दुर्भाग्यको कुरा यो हो कि उनको बाहके त्यहाँ सबै फ्ल्याटमा ग्रिल्स थिए । त्यहाँ कार पनि हुन्थे तर त्यस रात त्यहाँ एउटा पनि कार थिएनन् । उनी सिधै गएर जमिनमा खसिन् ।’
तीन वर्षमा २० फिल्ममा अभिनय गरिन्... सानै उमेरमा पाइन् चर्चा
दिव्याले आफ्नो तीन वर्षको करियरमा लगभग २० फिल्ममा काम गरिन् । उनले शाहरुख खानसँग ‘दिवाना’, सनी देओलसँग ‘विश्वात्मा’ र गोविन्दासँग ‘शोला और शबनम’ जस्ता फिल्ममा काम गरिन् । विश्वात्माको गीत ‘सात समन्दर पार’ बोलको गीत आज पनि चर्चित छ । यति कम उमेरमा उनले जुन सफलता पाइन् त्यो फिल्मी क्षेत्रमा सायदै कसैको भाग्यमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण