राजधानीको विषय छाडेर अन्य काममा लागौं : एमाले उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजधानीका विषयमा रुमलिन नहुने बताएका छन् ।
शुक्रबार होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ११ औँ अधिवेशनको उद्घाटन गर्दै पौडेलले राजधानीको विषय छाडेर अन्य काम तिर लाग्न निर्देशन दिएका हुन् ।
होटल व्यवसायीहरुले प्रदेशको राजधानी दाङ लगिएपछि बुटवलमा आर्थिक प्रभाव परेको बताएका थिए । त्यसको जवाफमा पौडेलले विगतका कुराहरुलाई लिएर तनाव नलिएर आगामी दिनको योजनाका बारेमा छलफल गर्नुपर्ने बताए ।
विश्वका धेरै देशहरूका राजधानी एक सहरमा र आर्थिक केन्द्र अर्को सहरमा भएको उदाहरण दिँदै उनले बुटवल पनि आर्थिक केन्द्र भएको दाबी गरे ।
'तपाईँहरू धेरै चिन्ता नलिनुहोस् । यहाँको पूर्वाधार विकासमा लागौं । जे हुनु थियो त्यो भयो । अब कहिलेसम्म पिरोलिने,' उनले भने, 'राजधानी सरेर आकाश खसेको छ, बुटवल भासिन्छ ?'
उनले बुटवलमा बनेका विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलहरूलाई सञ्चालनमा ल्याइने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ
-
स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार
-
महिलालाई उद्यमसँग जोड्न बाख्रा उपहार