राजधानीको विषय छाडेर अन्य काममा लागौं : एमाले उपाध्यक्ष पौडेल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजधानीका विषयमा रुमलिन नहुने बताएका छन् ।
शुक्रबार होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ११ औँ अधिवेशनको उद्घाटन गर्दै पौडेलले राजधानीको विषय छाडेर अन्य काम तिर लाग्न निर्देशन दिएका हुन् ।
होटल व्यवसायीहरुले प्रदेशको राजधानी दाङ लगिएपछि बुटवलमा आर्थिक प्रभाव परेको बताएका थिए । त्यसको जवाफमा पौडेलले विगतका कुराहरुलाई लिएर तनाव नलिएर आगामी दिनको योजनाका बारेमा छलफल गर्नुपर्ने बताए ।
विश्वका धेरै देशहरूका राजधानी एक सहरमा र आर्थिक केन्द्र अर्को सहरमा भएको उदाहरण दिँदै उनले बुटवल पनि आर्थिक केन्द्र भएको दाबी गरे ।
'तपाईँहरू धेरै चिन्ता नलिनुहोस् । यहाँको पूर्वाधार विकासमा लागौं । जे हुनु थियो त्यो भयो । अब कहिलेसम्म पिरोलिने,' उनले भने, 'राजधानी सरेर आकाश खसेको छ, बुटवल भासिन्छ ?'
उनले बुटवलमा बनेका विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलहरूलाई सञ्चालनमा ल्याइने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण