बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निर्माण गर्न अर्थ मन्त्रालयले बनायो टिम

शुक्रबार, २४ चैत २०७९, २२ : ३४
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तथा तयारीको टिम बनेको छ । अर्थ मन्त्रालयले शुक्रवार सहसचिव भूपाल बरालको संयोजकत्व रहने गरी ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो ।  बरालको नेतृत्वमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा समितिमा रहेका छन् ।

यता बजेट लेखनमा भने अर्थ मन्त्रालयका दुई सचिवले गर्नेछन् भने बजेटको मार्गदर्शन अर्थ मन्त्रीले गर्नेछन् । यसअघि नै मन्त्रालयले राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन गरिसकेको छ भने उक्त समितिले काम समेत सुरु गरिसकेको छ ।  राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि कूल १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको सीलिङ भित्र रहेर बजेट बनाउन निर्देशन गरेको छ । यो चालू आर्थिक वर्षमा विनियोजित बजेटको आकार भन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कमी हो । यहीँ सीमा भित्र रहेर बजेट बनाउनुपर्ने बाध्यता अर्थ मन्त्रालयसँग छ । 

संविधानतः आर्थिक वर्षको बजेट जेठ १५ गतेभित्र अनिवार्य रूपमा राष्ट्रियसभा र प्रतिनिधिसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप