मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अश्लील हरकतसहितको भिडियो प्रकरणमा सांसद अब्दुल खानलाई निलम्बन गर्न माग

शुक्रबार, २४ चैत २०७९, २० : ०७
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । राष्ट्रिय एकता अभियानले अश्लील हर्कत गरेको भिडियोमा देखिएका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ ।

पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद खानलाई निलम्बन गर्न माग गर्दै शुक्रबार अभियानले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।

अभियानले सांसद खानलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । सांसद खानले कुनै महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ ।

सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवं समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ ।’

a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप