घरेलु मैदानमा लखनउको दोस्रो जीत
लखनउ । इन्डियन प्रिमियर लिगको १६ औँ सिजनमा लखनउ सुपरजायन्ट्सले आफ्नो घरेलु मैदानमा दोस्रो जीत दर्ता गरेको छ । केएल राहुलको कप्तानीमा रहेको टोलीले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । यो जितपछि लखनउ अङ्क तालिकाको पहिलो नम्बरमा पुगेको छ । टोलीको तीन खेलपछि ४ अङ्क छ ।
लखनउको इकाना क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । लखनउले १६ ओभरमा ५ विकेट गुमाएर १२२ रनको लक्ष्य पुरा गरेको थियो ।
सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गरेको थियो । अब्दुल समदले १० बलमा २१ रन बनाएर अविजित रहे भने राहुल त्रिपाठीले ३५, अनमोलप्रीत सिंहले ३१ र वासिङ्टन सुन्दरले १६ रन बनाए । टोलीका ५ ब्याट्सम्यानले दोहोरो अङ्क पनि छुन सकेनन् । क्रुणाल पाण्ड्याले ३ र अमित मिश्राले २ विकेट लिए । यश ठाकुर र रवि बिश्नोईले १–१ विकेट लिए ।
जवाफमा कप्तान केएल राहुल (३५ रन) र काइल मेयर्सले लखनउलाई राम्रो सुरुवात गराए । दुवैले २७ बलमा ३५ रनको ओपनिङ साझेदारी गरेका थिए । मेयर्स १३ रन बनाएर आउट भए, त्यसपछि राहुलले दिपक र क्रुणालसँग पारी अघि बढाए । उनले पाण्ड्यासँग अर्धशतकीय साझेदारी गरे । अन्त्यमा निकोलस पूरन (११*) र मार्कस स्टोइनिस (१०*) ले टोलीलाई ५ विकेटले जित दिलाए । हैदरावादका आदिल रसिदले २ विकेट लिए । भुवनेश्वर कुमार, उमरान मलिक र फजलहक फारुकीले एक-एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026