सातामा प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, अहिले कति छ ?
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । गत साता शुक्रबारको तुलनामा तोलामा ८०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गतसाता शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो । जबकी, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।
यो साताको बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ सम्म पुगेको थियो । त्यसयताका २ दिन लगातार मूल्य घट्दै १ लाख १० हजार रुपैयाँमा कायम भएको हो । सुनको मूल्य बिहीबार ८०० र शुक्रबार २०० ले घटेर कारोबारमा आएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ४० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण