नेतापालन
हामी एउटा व्यवसाय गरिरहेका छौ
त्यो हो, नेतापालन ।
फुटेको कौडी नाफा नहुने
दुहुन जाँदा लात्ता हान्ने
गाई जस्तो भन्दा नि हुने
असिनाले माडेको बाली जस्तो
काठमाडौँको दुर्गन्धित नाली जस्तो
हामी एउटा व्यवसाय गरिरहेका छौ
त्यो हो, नेतापालन ।
राजा भन्दा छोटेराजा बेसी
नागरिकता स्वदेशी तनमन र इशारा विदेशी
भत्ता खाने बाआमा घरदेशी
युवा जति परदेशी
ती परदेशीको रगत र पसिनाले
एउटा व्यवसाय गरिरहेका छौ
त्यो हो, नेतापालन ।
तिमी काले, म पनि काले
काले काले मिलेर खाऊँ भाले
एउटा नेपाली,
मुम्बईमा बिहारी, बिहारमा बहादुर
अनि काठमाडौँमा भैया कहलिन्छ
नेताले कसैको बुइँ चढेर सिंहदरबारमा
ढुङ्गा हान्दिए पुग्छ
अर्को वर्ष मन्त्री कहलिन्छ
यिनकै इशारामा
एउटा व्यवसाय गरिरहेका छौ
त्यो हो, नेतापालन ।
कैयौँ भेष फेरिए तर देश फेरिएन
नेताका पेट भरिए तर जनताको
नुन र चामलको डालो कहिले भरिएन
जनयुद्धको घाउको खाडल पुरिएन
दिनदहाडै नानीहरूको नाना च्यातिए
तर लिपुलेकमा पिल्लर गाड्ने दुस्मनको
छाला च्यातिएन
तिनै दुस्मनको मलजलमा
एउटा व्यवसाय गरिरहेका छौ
त्यो हो, नेतापालन ।
राज्यकोषबाट किड्नी फेरिए
तर, कालापानीमा रेटिएको मुटुको
टाँका फेरिएन
बाढीमा घर बगिरहँदा आकाशबाट
फन्को मार्न हेलिकप्टर फेरिए
तर बाढीपीडितको त्रिपाल फेरिएन
सिंहदरबारले रङ्ग फेर्यो
तर, नङ्ग्याउने मजदुरको भोटो फेरिएन
यिनै मजदुरको पसिनाले
एउटा व्यवसाय गरिरहेका छौ
त्यो हो, नेतापालन ।।
शैल्यशिखर–४, काँडापारी, दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण