शाहरुख विश्वकै प्रभावशाली व्यक्तिको सूचीको शीर्ष स्थानमा
शनिबार, २५ चैत २०७९, १३ : ५२
नयाँ दिल्ली । टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सर्वेक्षणमा चर्चित अभिनेता शाहरुख खान शीर्ष स्थानमा परेका छन् । यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् ।
टाइम म्यागजिनले यस वर्षका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूको वार्षिक सूची तयार गर्न आफ्ना पाठकहरू बीच यो सर्वेक्षण गरेको थियो। यस सर्वेक्षणमा उनले कुल १२ लाख मतमध्ये चार प्रतिशत मत पाएका थिए । शाहरुख खानको हालै आएको फिल्म ‘पठान’ निकै हिट भएको थियो । यसले अहिलेसम्म १ हजार करोडभन्दा बढी कमाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण