सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख विश्वकै प्रभावशाली व्यक्तिको सूचीको शीर्ष स्थानमा

शनिबार, २५ चैत २०७९, १३ : ५२
शनिबार, २५ चैत २०७९

नयाँ दिल्ली । टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सर्वेक्षणमा चर्चित अभिनेता शाहरुख खान शीर्ष स्थानमा परेका छन् । यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् । 

टाइम म्यागजिनले यस वर्षका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूको वार्षिक सूची तयार गर्न आफ्ना पाठकहरू बीच यो सर्वेक्षण गरेको थियो। यस सर्वेक्षणमा उनले कुल १२ लाख मतमध्ये चार प्रतिशत मत पाएका थिए । शाहरुख खानको हालै आएको फिल्म ‘पठान’ निकै हिट भएको थियो । यसले अहिलेसम्म १ हजार करोडभन्दा बढी कमाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप