सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

शनिबार, २५ चैत २०७९, १८ : ४६
शनिबार, २५ चैत २०७९

दार्चुला । दार्चुलामा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । महाकाली नगरपालिका-४ बांगाबगर बस्ने ५० वर्षीय गणेश सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ५ सय ६८ रुपैयाँ र १० थान तासका गड्डीसहित फेला पारी पक्राउ गरेको थियो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप